सेन्ट मेरिज स्कुल जावालाखेलले थापाथलीस्थित सुकुम्वासी बस्तीमा कम्बल वितरण गरेको छ। राजधानीमा चिसो बढ्दै गइरहेका बेला सेण्ट मेरिजले १४३ जनालार्इ कम्बल वितरण गरेको हो। स्कुलकी प्रिन्सिपल सिस्टर जेसी सि‍ जे ले बस्तीमा पुगेर उनीहरुलार्इ कम्बल विरतण गरेकी हुन्। उनले चिसोमा नदीको किनारामा टहरामा बसेका नागरिकको दैनिकी कठिन भएको देखेपछि स्कुलले कम्बल वितरण गरेको बताइन्। उनले भनिन्, 'हामी त्यहाँ स्थलगत निरीक्षणमा गयौं, न्यायो लुगाको खाँचो देख्यौं।त्यसैले हामीले सानै भएपनि सहयोग गरेका हौं।' कृष्ण बहादुर न्याजू, निम लामा, गोपाल माझीलगायतका लाभान्वित परिवारले सेण्ट मेरिजको सहयोगले ठूलो राहत मिलेको बताए।